संघीय संसद भवनमा आन्दोलनकारीको आगजनी

संघीय संसद भवनमा आन्दोलनकारीको आगजनी

काठमाडौं : प्रदर्शनकारीहरूले संघीय संसद भवन कब्जा गरेर आगजनी गरेका छन्।

सबै सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू संसद भवनभित्र प्रवेश गरेपछि राज्य संयन्त्र पूर्ण रूपमा ध्वस्त भएको छ र देश कब्जाको स्थितिमा पुगेको छ।

मन्त्रीहरूका घर, पार्टी मुख्यालय, पाँचतारे होटल र मन्त्री क्वाटरमा आगजनी गरेको भीड अन्ततः संसद भवन प्रवेश गरेका हुन्।

प्रहरीले चलाएको गोली, अश्रुग्याँस र रबरको गोलीका बावजुद भीड रोकिएन। उनीहरूले संसद भवनका ढोका र झ्यालहरू तोड्दै भित्र प्रवेश गरेका हुन्।

संसद भवनभित्रको दृश्य अभूतपूर्व र अराजक छ। सांसदहरू बस्ने कुर्सीहरूमा प्रदर्शनकारी बसेर नाराबाजी गरिरहेका छन्। सभामुख बस्ने रोस्ट्रमदेखि संसदका हरेक कुनामा युवाहरूको नियन्त्रण छ।

भवनभित्र तोडफोड भइरहेको छ र राज्यशक्तिको प्रतीकहरूलाई ध्वस्त पारिँदैछ। सुरक्षाकर्मीहरू पछि हटेका छन्। आकाशमा सेनाको हेलिकप्टर उडिरहे पनि भुइँमा राज्यको नियन्त्रण शून्य छ।

भदौ २४, २०८२ मंगलबार १४:४६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।