प्रधानमन्त्री पदबाट केपी ओलीले दिए 'राजीनामा'

काठमाडौं : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजी पुस्ताको आन्दोलन चर्कदै गएपछि उनले मंगलबार प्रधानमन्त्री पदबाट राजिनामा दिएका हुन्।
उनले मुलुकमा उत्पन्न असामान्य परिस्थितीलाई हेरेर संविधानसम्मत राजनीतिक निकासका लागि राजिनामा दिएको उल्लेख गरेका छन्। उनले मंगलबारबाटै लागु हुनेगरी राजीनामा दिएका हुन्।
भ्रष्टाचारको अन्त्यको माग गर्दै सोमबार युवा पुस्ताले गरेको आन्दोलनकोक्रममा १९ जनाको मृत्यु भएपछि मंगलबार विहानैबाट प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्दै देशभर विरोध प्रदर्शन भइरहेको छ।
आन्दोलनकारीहरुले युवासहितको अन्तरिम सरकार गठनको माग गरिरहेका छन्। ओलीको राजिनामासँगै नयाँ सरकार गठनको बाटो खुलेको छ। तर त्यसलाई आन्दोलनका लागि सडकमा उत्रिएको समूहले कुन रुपमा लिन्छन् त्यसकै आधारमा भावी सरकारको कस्तो हुन्छ भन्ने तय हुने देखिन्छ।
भदौ २४, २०८२ मंगलबार १४:३५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।