नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम

नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम

काठमाडौं : जेन-जी पुस्ताले आन्दोलनको नेतृत्व गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई २ बजेसम्मको समय दिएका छन्। सोमबारको आन्दोलनमा भएको दमनको विरोधमा मंगलबार बिहानैबाट देशभर आन्दोलन सुरु भएको छ।

जेनजी पुस्ताले सामाजिक सञ्जालमा लेख्दै २ बजेसम्म आन्दोलनको नेतृत्वमा नआए नेता अस्वीकार गर्ने चेतावनी दिएका छन्।

'डियर बालेन दिउँसो दुई बजेसम्म तिमी हामीसँग हुन सक्छौँ भने आउ नेतृत्व गर, नभए याद राख तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौँ।'

भदौ २४, २०८२ मंगलबार १३:००:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।