प्रदर्शनकारीहरूले कोटेश्वरको ट्राफिक कार्यालय जलाए

काठमाडौं : सोमबारको नरसंहारको विरोधमा प्रदर्शनका उत्रिएकाहरूले कोटेश्वरमा रहेको प्रहरी कार्यालयमा आगजनी गरेका छन्। सोमबार युवा पुस्ताको आव्हानमा भएको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि त्यसको विरोधमा बिहानैबाट देशको विभिन्न भागमा विरोध प्रदर्शन भइरहेका छन्।
कोटेश्वर क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले नजिकै रहेको ट्राफिक भवनमा आगो लगाइदिएका हुन्।
भदौ २४, २०८२ मंगलबार १२:३१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।