माइतीघरमा भेला भएर नयाँबानेश्वर पुगे प्रदर्शनकारी, भ्रष्टाचार नियन्त्रण र सुशासन मुख्य माग

माइतीघरमा भेला भएर नयाँबानेश्वर पुगे प्रदर्शनकारी, भ्रष्टाचार नियन्त्रण र सुशासन मुख्य माग

काठमाडौं : सोमबार सुरु भएको युवा पुस्ताको आन्दोलनको समर्थनमा मंगलबार प्रदर्शनकारीहरू माइतीघरमा भेला भएर नयाँबानेश्वर पुगिरहेका छन्।

उनीहरूले सोमबार भएको दमनको विरोध गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको माग गरिरहेका छन्। सरकारले बानेश्वर क्षेत्रमा कर्फ्यु घोषणा गरे पनि प्रदर्शनमा सहभागीहरूलाई रोक्न सकेको छैन।

विरोध प्रदर्शनमा सहभागीहरू शान्तिपूर्ण रूपमा नारा लगाउँदै नयाँबानेश्वर पुगेर सडकमा बसेका थिए। उनीहरूले सोमबार मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली दिएका थिए।

 

भदौ २४, २०८२ मंगलबार १२:०६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।