काठमाडौं महानगर भित्रका विद्यालयहरू तीन दिनका लागि बन्द

काठमाडौं महानगर भित्रका विद्यालयहरू तीन दिनका लागि बन्द

काठमाडौं : जेनजी आन्दोलनले उग्र रूप लिएपछि काठमाडौं महानगरपालिकाले विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले मंगलबार सार्वजनिक गरेको सूचनामा भदौ २४ देखि २६ गतेसम्म सम्पूर्ण विद्यालय बन्द रहने उल्लेख छ। आन्दोलनका कारण सुरक्षात्मक चुनौती बढेको र विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक देखिएकाले यस्तो निर्णय गरिएको महानगरले जनाएको छ। 

उक्त अवधिमा महानगरभित्रका सामुदायिक, संस्थागत र निजी विद्यालयहरू सबै बन्द रहनेछन्। परिस्थितिअनुसार थप निर्णय गरिने महानगरपालिकाले जनाएको छ।

भदौ २३, २०८२ सोमबार २१:५२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।