नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेल स्थगित

नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेल स्थगित

काठमाडौं : नेपाल र बङ्गलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। 

देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बङ्गलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। खेल दशरथ रङ्गशालामा भोलि साँझ ५ः३० बजे हुने तालिका थियो ।

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।

भदौ २३, २०८२ सोमबार २१:१२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।