जेनजी पुस्ताको आन्दोलनमा जाँदा १९ वर्षका विद्यार्थीको ज्यान गयो

जेनजी पुस्ताको आन्दोलनमा जाँदा १९ वर्षका विद्यार्थीको ज्यान गयो

काठमाडौं : भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा युवा पुस्ताले आयोजना गरेको आन्दोलनमा अहिलेसम्म १९ जनाको ज्यान गइसकेको छ। कलेज पोसाकमै प्रदर्शनस्थलमा आउन आयोजकले गरेको अनुरोध अनुसार प्रदर्शनमा युवाहरू सहभागी भएका थिए।

सोमबार बेलुका ९ बजेसम्म  घाइतेमध्ये १९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। मृतकमध्ये एक १९ वर्षका विद्यार्थी रहेको खुलेको छ। ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएकोमा चार जनाको पहिचान खुलेको छ। ती मध्ये एक हुन् ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीराम चौलागाईं। उनको विस्तृत परिचय अझैँ खुलेको छैन।

अन्य मृतकमा बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ र २८/३० वर्षका गौरव जोशी रहेका छन्। अन्य चार जनाको परिचय खुलेको छैन। अहिले काठमाडौंको प्रदर्शनमा घाइते भएकाहरूको बानेश्वरको सिभिल अस्पताल, ट्रमा सेन्टर, एभरेस्ट हस्पिटल, केएमसी, त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

भदौ २३, २०८२ सोमबार २१:००:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।