
उग्र ‘जेनजी आन्दोलन’, क्रूर सरकार (फोटो फिचर)

काठमाडौं : सरकारविरुद्धको जेनजी आन्दोलनका प्रदर्शनकारी संसद् भवन नजिक पुगेपछि एकाएक उग्र भए। सरकार पनि क्रूर भयो। परिणाममा १९ जनाले ज्यान गुमाए। सैयौं प्रदर्शनकारी घाइते भए।
बिहान शान्तिपूर्ण रूपमा सुरू भएको प्रदर्शनले बानेश्वरमा उग्र रूप लिँदै संसद भवन आक्रमणसम्मको अवस्थामा पुग्यो। जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारी पछि हटेनन्।
उनीहरूले संसद भवनको २ नम्बर गेटलाई निशाना बनाए। ढुंगामुढा गर्दै उनीहरूले पहिले गेटसँगैको पर्खाल भत्काउन सुरू गरे। लगातारको प्रहारपछि पर्खालको केही भाग भत्कियो, जसले प्रदर्शनकारीलाई थप उत्तेजित बनायो।
यो आन्दोलनमा प्रदर्शनकारी उग्र हुँदा सरकार क्रूर देखियो। अनि बानेश्वरको रडक रक्ताम्मे भयो।काठमाडौंमा मात्र होइन देशका विभिन्न सहरमा भएको आन्दोलन पनि हिंसात्मक भन्यो।
यी १९ तस्विर हेर्नुहोस जसमा सरकारको क्रूरता र प्रदर्शनकारीको उग्रता प्रष्ट देखिएको छ।
भदौ २३, २०८२ सोमबार २०:४२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।