गृहमन्त्री लेखकले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं : गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
उनले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।
सोमबार काठमाडौंसहित देशका विभिन्न ठाउँमा भएको जेनजी आन्दोलन हिंसात्मक बनेपछि उनीविरुद्ध पार्टी भित्रैबाट राजीनामाको दबाब बढेको थियो।
जेनजी आन्दोलनका क्रममा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ।
भदौ २३, २०८२ सोमबार २०:१४:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।