अस्पतालहरूमा रगत अभाव भए ‘हेलो स्वास्थ्य’ निशुल्क कल सेन्टरमा फोन गर्न सकिने

अस्पतालहरूमा रगत अभाव भए ‘हेलो स्वास्थ्य’ निशुल्क कल सेन्टरमा फोन गर्न सकिने

काठमाडौं : आज भएको आन्दोलनमा घाइतेको संख्या बढ्दै गएपछि अस्पतालहरूमा रगत अभाव हुन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘हेलो स्वास्थ्य’ निशुल्क कल सेन्टर १११५ लाई रातभर सञ्चालनमा राख्ने निर्णय गरेको छ।

मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको कमी भए तुरुन्तै १११५ मा सम्पर्क गर्न सकिन्छ। सो नम्बरमा फोन गरेपछि कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल प्राप्त हुनेछ।

सरकारले आकस्मिक परिस्थितिमा घाइतेको उपचार रोकिएर थप क्षति नहोस भन्ने उद्देश्यले यो व्यवस्था मिलाएको जनाएको छ।

भदौ २३, २०८२ सोमबार १९:३७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।