जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ जना घाइते उपचार हुँदै

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ जना घाइते उपचार हुँदै

काठमाडौं : जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट प्राप्त विवरणअनुसार मृतकको संख्या १९ पुगेको जनाएको छ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३४७ जना घाइते उपचाररत छन्। मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेज (केएमसी) मा २, त्रिवि शिक्षण अस्पतालमा १ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ।

भदौ २३, २०८२ सोमबार १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।