
प्रहरीको अश्रुग्यासले सिभिल अस्पतालमा उपचारमा कठिनाइ

काठमाडौं : प्रहरीले सिभिल अस्पताल परिसरभित्रै अश्रुग्यास प्रहार गरेको छ।
आन्दोलनकारीले अस्पताल परिसरबाट ढुंगा प्रहार गर्न नरोकेपछि नियन्त्रणमा लिन अस्पताल परिसरमै प्रहरी पुगेको हो। अस्पतालको अवस्था तनावग्रस्त बनेको छ। केही बेर अघि प्रहरीले अस्पताल भित्रै गोली चलाएको थियो।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि अस्पतालका कोठाहरूमा आखा पोल्ने अवस्था रहेको एक घाइतेले जानकारी दिए।
सिभिल अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तहरू त्रसित बनेका छन् भने सुरक्षाकर्मीको उपस्थिति थप बढाइएको छ। सिभिल अस्पतालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने सैयौं घाइते प्रदर्शनकारीको उपचार भइरहेको छ।
भदौ २३, २०८२ सोमबार १८:१३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।