
इटहरीमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु

काठमाडौं : इटहरीमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको हो।
गोली लागेर गम्भीर घाइते भएकामध्ये केहीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने मृतकको आधिकारिक पुष्टि गर्ने प्रक्रियामा रहेको जनाएको छ।
यसअघि आन्दोलनमा उत्रिएका युवाहरूले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरेका थिए।
भदौ २३, २०८२ सोमबार १८:०१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।