सिभिल अस्पताल परिसरभित्रै गोली चल्यो

सिभिल अस्पताल परिसरभित्रै गोली चल्यो

काठमाडौं : जेनजी आन्दोलनकै बीचमा राजधानीको सिभिल अस्पताल परिसरभित्र गोली चलेको छ।

आन्दोलनकारीलाई नियन्त्रणमा लिन खोज्ने क्रममा अस्पताल परिसरमै स्थिति तनावग्रस्त बनेपछि गोली चलेको हो। 

सिभिल अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तहरू त्रसित बनेका छन् भने सुरक्षाकर्मीको उपस्थिति थप बढाइएको छ। सिभिल अस्पतालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने सैयौं घाइते प्रदर्शनकारीको उपचार भइरहेको छ। 

भदौ २३, २०८२ सोमबार १७:२२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।