रुपन्देही जिल्ला प्रशासनद्वारा कर्फ्यु आदेश जारी

रुपन्देही जिल्ला प्रशासनद्वारा कर्फ्यु आदेश जारी

बुटवल : रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। बुटवल देखि भैरहवा क्षेत्र भित्रका चार किल्ला तोकेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सुरक्षा संवेदनशिलता ध्यानमा राख्दै कर्फ्यु आदेश जारी गरेको जानकारी दिए।

बुटवल क्षेत्रमा पूर्वमा धागो कारखाना पुल सम्म, पश्चिममा बेलबास चोक सम्म, उत्तरमा चिडिया खोला र दक्षिणमा मंगलापुर सम्म कर्फ्यु लगाइएको छ।

यसैगरी भैरहवा क्षेत्रमा पूर्वमा रोहिणी खोला, पश्चिममा बेथरी, उत्तरमा बुद्धचोक र दक्षिणमा मेउडीहवा सम्म कर्फ्यु लगाइएको छ।

बुटवल बेलहिया सडक खण्डको दायाँ बायाँ १ सय मिटरसम्म पनि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

भदौ २३, २०८२ सोमबार १६:१३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।