कर्फ्यु अवज्ञा गर्दै सडकमा बसेका प्रदर्शनकारीले सेनाको गाडी घेरे, मृतकको संख्या १३ पुगेको दाबी

काठमाडौं : प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले नयाँबानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारीहरू सडकमै बसेर विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले कर्फ्यु लागु गराउन आएको नेपाली सेनाको गाडी समेत घेरेका छन्।
क्याम्पसको ड्रेससहित विरोध प्रदर्शनमा आएका अधिकांश युवा प्रदर्शनकारीहरू अहिले सडकमा देखिँदैनन्। अन्य प्रदर्शनकारीहरूले निरन्तर विरोध प्रदर्शन गर्ने र ढुंगामुढा गर्ने गरिरहेका छन्। उनीहरुले संसद भवन लक्षित आक्रमण गरिरहेका छन्।
यसैबिच विरोध प्रदर्शनकोक्रममा घाइते भएकामध्ये १३ जनाको मृत्यु भएको दाबी आएको छ। सिभिल अस्पताल, वीर, ट्रमा, एभरेष्ट लगायतका अस्पतालमा उपचाररत घाइतेहरूको मृत्यु भएको अस्पतालहरुबाट जानकारी आएको छ। तर यसको स्वतन्त्र पुष्टी हुन भने सकेको छैन।
भदौ २३, २०८२ सोमबार १६:१०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।