
बानेश्वर घटनापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।
काठमाडौंमा भएको जेनजी आन्दोलनले उग्र रुप लिएपछि प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेका हुन्।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज देशभर व्यापक प्रदर्शन भइरहेको छ। राजधानी काठमाडौँसहित विभिन्न सहरमा गरिएको जेनजीको प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा नयाँ बानेश्वरमा गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ भने सैयौंको संख्यामा प्रदर्शनकारी घाइते भएका छन्।
भदौ २३, २०८२ सोमबार १५:२३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।