
मंगलबार २४ भदौ, २०८२
बानेश्वरमा मानव अधिकार आयोगको गाडीमाथि प्रदर्शनकारीले गरे तोडफोड

काठमाडौं : बानेश्वरस्थित एभरेष्ट होटल अगाडि राष्ट्रिय मानव अधिकार आयोगको गाडीमाथि प्रदर्शनकारीले आक्रमण गरेका छन्।
जेनजी आन्दोलन हिंसात्मक बनेपछि त्यहाँको अवस्था निरीक्षणका लागि गएको आयोगको गाडीलाई केहीबेर रोकेर प्रदर्शनकारीले नाराबाजी गरेका थिए।
उनीहरूले आयोगको गाडीमा रहेको झण्डा निकालेर गाडी तोडफोड गरेका हुन्।
प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग गरेपछि बानेश्वरको अवस्था तनावपूर्ण बनेको छ। हालसम्म दुईजना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।
भदौ २३, २०८२ सोमबार १५:१२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।