आन्दोलनको घाइतेले भरियो सिभिल अस्पताल, अवस्था बेहाल (तस्विरहरू)

आन्दोलनको घाइतेले भरियो सिभिल अस्पताल, अवस्था बेहाल (तस्विरहरू)

काठमाडौं : भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शनमा एक जनाको मृत्यु भयो। सय भन्दा बढी घाइते भएपछि उपचारका लागि उनीहरुलाई पुर्याइएको मिनभवनमा रहेको सिभिल अस्पतालको आकस्मिक कक्षको भुई समेत घाइतेले भरिएका छन्। 

अस्पतालका निर्देशक मोहन चन्द्र रेग्मीले अस्पतालमा आएको घाइतेहरूको अवस्था बिजोग रहेको बताए। ​​​​​उकेराकर्मीसँगको कुराकानीमा उनले घाइतेमध्ये एक जनाको मृत्यु भइसकेको र उनको पहिचान नखुलेको र ८०-९० जना घाइते भएको बताए।

उनले भने ‘एक जनाको डेथ भइसक्यो, अवस्था एकदम भयावह छ।’  मुलुकका महत्वपूर्ण र संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीले उपस्थिति बढाइएको छ। अस्पताल भित्रको अवस्था निकै भयावह देखिन्छ। सिभिल अस्पताल आफैँमा आकस्मिक उपचारमा कमजोर मानिन्छ।

युवा समूहले आयोजना गरेको शान्तिपूर्ण आन्दोलन एकाएक उग्र बन्दै संसद भवन छिर्ने र आगजनी गर्ने गरेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए। संसद भवन परिसरको सुरक्षामा अर्ध सैनिक बल सशस्त्र प्रहरी खटिने गरेका छन्।

भदौ २३, २०८२ सोमबार १४:४५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।