
सिभिल अस्पतालका निर्देशक भन्छन् "एक जनाको डेथ भइसक्यो, अवस्था भयावह छ"

काठमाडौं : सय भन्दा बढी घाइते पूर्याइएको मिनभवनमा रहेको सिभिल अस्पतालका निर्देशक मोहन चन्द्र रेग्मीले अस्पतालमा आएको घाइतेहरूको अवस्था बिजोग रहेको बताएका छन्। उकेराकर्मीसँगको कुराकानीमा उनले घाइतेमध्ये एक जनाको मृत्यु भइसकेको र उनको पहिचान नखुलेको र ८०-९० जना घाइते भएको बताए।
उनले भने "एक जनाको डेथ भइसक्यो, अवस्था एकदम भयावह छ।"
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा सोमबार नयाँबानेश्वर क्षेत्रमा युवा समूहले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बन्दै संसद् भवन परिसरभित्र छिर्ने र गेटमा रहेको भवनमा आगो लगाइए पछि प्रहरीले गोली चलाएको थियो। घटनामा कति जना घाइते भए भन्ने अहिलेसम्म एकिन विवरण आएको छैन।
भदौ २३, २०८२ सोमबार १४:२८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।