
मंगलबार २४ भदौ, २०८२
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। प्रवक्ता मनिष झाका अनुसार बैठक सोमबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।
उनका अनुसार बैठकमा जेन-जी आन्दोलन र यसलाई रोक्न सरकारले अपनाएको रणनीतिबारे छलफल हुनेछ।
जेन-जीको प्रदर्शनले काठमाडौंसहित देशभर तनाावपूर्ण अवस्था सिर्जना गरेको छ। काठमाडौंमा प्रहरीले चलाएको गोली लागी एक प्रदर्शनकारीको ज्यान गइसकेको छ भने ७० भन्दा बढी घाइते भएका छन्। आन्दोलन जारी छ।
भदौ २३, २०८२ सोमबार १४:२५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।