
‘जेनजी’ आन्दोलन उग्र भएपछि सिंहदरबारसहित संवेदनशील क्षेत्रमा सुरक्षाकर्मी बढाइयो

काठमाडौं : भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध काठमाडौंमा जेनजी पुस्ताको जारी प्रदर्शनले उग्र रुप लिएसँगै मुलुकका महत्वपूर्ण र संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीले उपस्थिति बढाइएको छ।
निषेधित क्षेत्र तोडेर काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवनभित्रै प्रदर्शनकारी प्रवेश गरेपछि सुरक्षाकर्मीले सिंहदरबार, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरवार संग्रहालय क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
विशेषगरी सिंहदरबार क्षेत्रका चारै क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ। नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले सुरक्षा बढाएका हुन्।
सिंहदरबार, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरबार संग्रहालय क्षेत्रमा क्षेत्रमा प्रशासनले दिउँसो १ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सूचना निकालेको छ।
यसअघि प्रशासनले बानेश्वर क्षेत्रमा अपरान्ह १२ः३० देखि राती १० बजे सम्म कर्फ्यु आदेश समेत जारी गरेको छ।
भदौ २३, २०८२ सोमबार १४:१५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।