
मंगलबार २४ भदौ, २०८२
बुटवलमा जेनजीहरूको शान्तिपूर्ण प्रदर्शन (तस्विरहरू)

बुटवल : बुटवलमा पनि जेनजीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेका छन् । उनीहरूले, भ्रष्ट सरकार मुर्दावाद, केपी ओली मुर्दाबाद, भ्रष्टाचार लुकाउन सामाजिक सञ्जाल बन्द गर्न पाइँदैनलगायतका नारा लगाएका छन्।
उनीहरुले आफूहरुले सरकारलाई ध्यानाकर्षण गराउन मात्र आज शान्तिपूर्ण विरोध प्रदर्शन गरेको र सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध नहटाए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
भदौ २३, २०८२ सोमबार १४:०३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।