जेनजी पुस्ताको आन्दोलनमा एक जनाको मृत्यु, ९० बढि घाइते सिभिल अस्पतालमा

जेनजी पुस्ताको आन्दोलनमा एक जनाको मृत्यु, ९० बढि घाइते सिभिल अस्पतालमा

काठमाडौं : नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार एक जनाको मृत्यु र करिब ९० जना उपचारमा छन्। मृतकको पहिचान खुलेको छैन।

युवा पुस्ताको आव्हानमा सोमबार ११ बजेबाट भएको आन्दोलनमा विद्यार्थी भन्दा अन्यको संख्या बढी देखिएको थियो।

मुखमा मास्क लगाएका र हेलमेट लगायतका अधिकांशले आन्दोलनलाई उग्र बनाउँदै ब्यारिकेट तोड्दै संसद भवनको गेटमा रहेको सानो भवनमा आगो समेत लगाएका थिए।

प्रहरीले अश्रुग्याँस हुँदै गोली चलाउँदा एक सय बढी घाइते भए। उनीहरूलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल लगिएकोमा एक जनाको मृत्यु भयो। सय बढी घाइते उपचाररत छन्।

भदौ २३, २०८२ सोमबार १३:५४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।