अभिनेत्री वर्षाको कुरा कसले काट्यो ?

काठमाडौं : लकडाउनको समयमा भारतको साथीहरू आफूसँग रिसाएको भन्दै वर्षा राउतले बोलेपछि उनको आलोचना भयो। वर्षा राउतले बोल्दा अर्की अभिनेत्री वर्षा सिवाकोटीले समेत सामाजिक सञ्जालमा भक्कु गाली खाइन्। यो समयमा वर्षा राउतलाई धेरैले आलोचना मात्र गरेनन्। नचिन्ने दर्शकले समेत चिन्ने मौका पाए।
अभिनयबाट भन्दा पनि बेलाबखत दिने अभिव्यक्तिले राउत बढी परिचित छिन्। फिल्म ‘तेल भिसा’पछि त उनी गुमनाम जस्तै छिन्। तर बेरोजगार भने छैनन् है। हालै उनले फिल्म ‘हर्ष’को छायाङ्कन सक्काइन्। यसको पोस्टर नै रिलिज भइसकेको छ।
‘हर्ष’को काम सके लगत्तै गायक रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’को सेटमा पुगिन् उनी। व्यस्तै भए पनि कतै चर्चा नभएपछि अन्तमा उनी जे बाट बढी परिचित भएको हो त्यतै लागिन्।
उनले आइतबार सरकारले प्रतिबन्ध लगाएको फेसबुकको स्टोरीमा ‘मेरो बोली कसैलाई मन नपर्दो रहेछ, मेरो बोल्ने सोमत छैन रैछु भन्दै लेखिन्। उनीबारे कतै समाचार नबनेर उनले यसो लेखेकी हुन् कि उनीबारे कसैले कुरा काटेको सुनिन् कुन्नि त्यो त खुलेको छैन। तर वर्षाको चित्त दुखाई गहिरै देखिन्छ।
‘मैले हालै मात्र एउटा कुरा नोटिस गरेँ। मैले जे भने पनि मान्छेहरूलाई मन पर्दैन,’उनले लेखेकी छन्,‘मैले राम्रै कुरा बोल्दा पनि मान्छेहरूलाई मन नपर्ने रहेछ। अनि त्यो किन रहेछ भन्दा मेरो बोल्ने सोमत छैन रैछ। मलाई राम्रो शब्द राखेर बोल्न आउँदैन रहेछ। सुन्दा आनन्द आउने आवाज छैन रहेछ।’
उनी यतिमा अडिनन्। उनले थप लेखिन्,‘आफ्नो मनको कुरा राम्रो शब्दमा भन्न र लेख्न सिक्दैछु। अब शो द्याट मान्छेको नजरमा पनि राम्रो होस्’।
आफूले बोल्दा आफू नै गलत सुनिएको भन्दै आफैलाई सम्झाइरहेकी छन्। वर्षाले यतिको वर्ष फिल्म खेलेकै छिन्। तर उनको बोली मन नपराउने को चाही रैछ त? हुन त वर्षा यो संसारमा सबै मान्छेले सबैलाई मन पराउँछ भन्नेमा केही छैन। एक दुई जनाले मन नपराएर के फरक पर्छ त? पराउनेले मन पराएकै छन् क्यारे।
भदौ २२, २०८२ आइतबार १७:१२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।