साताको पहिलो दिनमै सेयर बजार ११ अंकले घट्यो, अधिकांश कम्पनीका लगानीकर्ता घाटामा

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज परिसूचक ११ दशमलव ५२ अङ्कले घटेको छ। आइतबार दिनभरको कारोबारमा परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर दुई हजार ७ सय ८ दशमलव २५ अङ्क कायम भयो।
आइतबार ३ सय ३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८ सय ४५ कित्ता सेयर ५८ हजार ८७ पटक चार अर्ब ४० करोड २७ लाख ६७ हजार २ सय ७१ दशमलव ७२ मा रुपैयाँमा कारोबार भयो। आइतबार १ सय ७३ वटा कम्पनीको सेयर मूल्य घट्दा ७९ वटाको बढ्यो।
आइतबारको कारोबारमा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशत, एनआइबिएल समृद्धि फन्ड-२ को पाँच दशमलव ८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको पाँच दशमलव १२ प्रतिशतले घट्यो।
पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य चार दशमलव ६२ प्रतिशत, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको तीन दशमलव ९२ प्रतिशतले घट्यो।
भदौ २२, २०८२ आइतबार १७:००:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।