काठमाडौंमा प्रसूति तथा स्त्रीरोग र इन्डोस्कोपी सम्बन्धी दुई दिने सम्मेलन सम्पन्न

काठमाडौंमा प्रसूति तथा स्त्रीरोग र इन्डोस्कोपी सम्बन्धी दुई दिने सम्मेलन सम्पन्न

काठमाडौं : काठमाडौंमा प्रसूति तथा स्त्रीरोग र इन्डोस्कोपी सम्बन्धी दुई दिने सम्मेलन सम्पन्न भएको छ।

नेपाल सोसाइटी अफ गाइनकोलोजिकल एण्ड एन्डोस्कोपीको आयोजनामा शनिबार सो दुई दिने कार्यशाला सम्पन्न भएको अध्यक्ष प्रा. डा. गणेश दंगालले जानकारी दिए।

सम्मेलनमा ‘न्यून आक्रामक शल्यक्रिया (मिनिमल इन्भेजिबल सर्जरी)’को विषयमा वैज्ञानिक आलेख प्रस्तुत गर्नुका साथै अन्तरक्रिया तथा छलफल भयो। 

सम्मेलनमा चिकित्सक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका विज्ञ लगायतको सहभागिता थियो। सम्मेलनमा महिलाको शल्यक्रिया सम्बन्धी ‘मिनिमल इन्भेजिबल सर्जरी’को विषयमा नयाँ प्रविधि र सीपको विषयमा ज्ञान आदान-प्रदान भएको डा. दंगालले जानकारी दिए। 

सम्मेलनमा बोल्दै उनले भने, ‘कोही पनि महिलाको पेट चिर्नु नपरोस्। यही हाम्रो सपना हो।’ तर, शल्यक्रिया गर्नु पर्ने अवस्थाका बिरामीको लागि कसरी सुरक्षित तवरले शल्यक्रिया गर्न सकिन्छ भन्ने विषय यस्ता सम्मेलन थप सहयोगी हुने उनले बताए। 

नेपालमा ल्यापारोस्कोपिक शल्यक्रियाको विकासलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ। सम्मेलनमा शल्य चिकित्सा क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रा. डा. सनु मैया दालि र डा. लता बज्राचार्यलाई ‘आजीवन योगदान पुरस्कार’ प्रदान गरिएको गरिएको छ।

भदौ २२, २०८२ आइतबार १४:२३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।