क्यानडामा देखिन थाल्यो अमेरिकी ट्यारिफको प्रभाव, बेरोजगारी दरमा निरन्तर वृद्धि

काठमाडौं : क्यानडाको बेरोजगारी दर अगस्त महिनामा बढ्दै ७.१ प्रतिशत पुगेको छ, जुन २०१६ मे महिनापछि सबैभन्दा उच्च दर हो। क्यानडाको सांख्यिकीय एजेन्सीले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि मात्रै बेरोजगारी दर ०.५ प्रतिशत अंकले वृद्धि भएको छ।
तुलनात्मक रूपमा, सन् २०१७ देखि २०१९ सम्म क्यानडाको औसत बेरोजगारी दर करिब ६ प्रतिशतको आसपास थियो, जुन कोरोना महामारी सुरु हुनु अघि सामान्य दर मानिन्थ्यो।
अगस्त महिनामा मात्र क्यानडामा बेरोजगारको संख्या १.६ लाख पुगेको छ, जसले जुलाईको तुलनामा ३४ हजार (२.२ प्रतिशत) बढी देखाएको छ।
२० प्रमुख महानगर क्षेत्रमध्ये दक्षिणी अन्टेरियो सबैभन्दा प्रभावित भएको छ। विंडसरमा बेरोजगारी दर ११.१ प्रतिशत, ओशावामा ९ प्रतिशत र टोरन्टोमा ८.९ प्रतिशत पुगेको छ।
विशेषज्ञहरूका अनुसार, अमेरिकी ट्यारिफ कार्यान्वयनले यी क्षेत्रहरूमा आर्थिक अनिश्चितता थपिदिएको छ। मोटर गाडी निर्यातमा आएको अवरोधले उद्योग र रोजगारी दुवै प्रभावित भएपछि बेरोजगारी दर निरन्तर बढिरहेको देखिएको छ।
भदौ २१, २०८२ शनिबार २१:०१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।