नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

काठमाडौं : दशरथ रङ्गशालामा शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्गिएको छ।
निर्धारित ९० मिनेटभर दुवै टोलीले आक्रमणका केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्। परिणामस्वरूप खेल ०-० को बराबरीमा सकियो।
अब दुवै टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २४ गते हुनेछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार, दोस्रो खेलमा पनि स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइनेछ।
भदौ २१, २०८२ शनिबार २०:२१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।