इनड्राइभद्वारा ‘सेफ्टी फस्ट’ तालिम सम्पन्न, एक सय भन्दा बढी चालक सहभागी

काठमाडौं : ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले यात्रु सुरक्षाप्रति आफ्नो प्रतिबद्धता प्रस्ट पार्ने उद्देश्यसहित ‘सेफ्टी फस्र्ट’ तालिम सम्पन्न गरेको छ। फाइटब्याक नेपालसँग सहकार्यमा सम्पन्न तालिममा १०० भन्दा बढी मोटरसाइकल तथा ट्याक्सी चालक सहभागी भए।
फाइटब्याक नेपालका संस्थापक विक्रान्त पाण्डेले सञ्चालन गरेको तालिममा चालकहरूलाई दैनिक जीवनमा देखापर्न सक्ने चुनौतीपूर्ण परिस्थितिको सामना गर्ने व्यावहारिक सीप सिकाइएको थियो। तालिममा यात्रुलाई सम्मान र सुरक्षा दिनेदेखि व्यावसायिक आचरण, शिष्टाचार, र संवेदनशील अवस्थामा प्रभावकारी प्रतिक्रिया जनाउने तरिका सिकाइएको थियो।
तालिम पूरा गर्ने चालकहरूले प्रमाणपत्रसहित ‘भेरिफाइड ड्राइभर ब्याज’ प्राप्त गरे, जसले उनीहरूलाई आधिकारिक रूपमा इनड्राइभ प्रमाणित चालकको रूपमा चिनाउनेछ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, “सुरक्षा इनड्राइभको मिशनको मूलमा रहेको छ। प्रत्येक यात्रुले सम्मानित र सुरक्षित महसुस गरोस् र चालक व्यावसायिक रूपमा सशक्त बनोस् भन्ने हाम्रो चाहना हो। यस्ता तालिमहरूले जिम्मेवार चालकहरूको समुदाय बनाउन ठूलो सहयोग गरेका छन्।”
फाइटब्याक नेपालका संस्थापक पाण्डेले भने, “इनड्राइभसँगको सहकार्य यात्रु सुरक्षाको संस्कार विकास गर्ने दिशामा महत्वपूर्ण कदम हो। यसले विशेषगरी महिला यात्रुहरूको लागि सुरक्षित वातावरण निर्माण गर्न मद्दत पुर्याउँछ।”
इनड्राइभले आफ्नो प्लेटफर्मलाई ‘सेफ्टी फस्र्ट, पिपुल पावर्ड प्लेटफर्म’ को रूपमा पुनः स्थापित गर्दै चालक र यात्रु दुवैलाई सुरक्षित र सम्मानित वातावरणमा जोड्ने लक्ष्य लिएको छ।
भदौ २१, २०८२ शनिबार २०:१६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।