लोयल्टी एकेडेमीमा उपत्यका विकास प्राधिकरणले चलायो डोजर

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा हडपेको भन्दै लोयल्टी एकेडेमीमा डोजर चलाएको छ।
बुढानीलकण्ठ नगरपालिका-९ धोबीखोला करिडोर (मण्डिखाटार) मा रहेको उक्त लोयल्टी एकेडेमीमा शनिबार विकास प्राधिकरणले डोजर चलाएको हो।
प्राधिकरणका अनुसार लोयल्टी स्कूलले पाँच रोपनीभन्दा बढी सार्वजनिक जग्गा हडपेर बसेको छ। आज (शनिबार) प्राधिकरणले सो स्कूलमा डोजर चलाएको हो।
यो स्कुल एमालेबाट सांसद बनेका विजय सम्बाहाम्फेको हो। उनी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका पूर्व अध्यक्षसमेत हुन्। अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
भदौ २१, २०८२ शनिबार १९:०७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।