वसन्तपुरमा इन्द्रजात्राको रौनक (तस्विरहरू)

वसन्तपुरमा इन्द्रजात्राको रौनक (तस्विरहरू)
तस्बिर : बिजेन अमात्य/ नेपाल न्यूज बैंक

काठमाडौं : उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा शनिबार राजधानीको वसन्तपुरमा परम्परागत धुमधामका साथ मनाइएको छ।

धार्मिक तथा सांस्कृतिक झाँकी, नाचगान र परम्परागत रथयात्रासहित सम्पन्न भएको जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगर प्रमुख बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरूले अवलोकन गरेका थिए।

राष्ट्रप्रमुखले इन्द्रजात्रा अवलोकन गर्ने परम्परा अनुसार यस वर्ष पनि राष्ट्रपति पौडेलले वसन्तपुर दरबार क्षेत्रमै पुगेर जात्राको दृश्यावलोकन गरेका हुन्। नेवारी समुदायले विशेष महत्त्वका साथ मनाउने यो जात्रा काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक चिनारी मानिन्छ।

भदौ २१, २०८२ शनिबार १७:२३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।