‘यात्रुलाई गाडीले हानेर भाग्ने मन्त्रीलाई कानुन सम्झाउनुको साटो प्रधानमन्त्री प्रतिरक्षामा उत्रिए’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सडकमा यात्रुलाई हानेर भाग्ने मन्त्रीलाई कानुन सम्झाउनुको साटो प्रधानमन्त्री केपी शर्मा ओली उल्टो प्रतिरक्षामा उत्रिएको भन्दै आपत्ति जनाए।
शनिबार आयोजित आर्टिफिसियल इन्टेलिजेन्सबारे दोस्रो राष्ट्रिय सम्मेलनमा उनले सेतो नम्बर प्लेटको सरकारी गाडीले सडकमा हिँडिरहेको यात्रुलाई हानेर भाग्नु कानुन विपरीतको काम भएको भन्दै कानुन पालनामा प्रधानमन्त्री समेत जिम्मेवार नभएको बताए।
शनिवार एमालेको विधान महाधिवेशनमा जानेक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको सरकारी गाडीले पैदल हिँडिरहेकी ११ वर्षकी उषा मगरलाई ठक्कर दिएर भागेको थियो।
चालकले सवारी नियम सम्बन्धी गम्भीर कानुन उलंघन गरे पनि विधान अधिवेशनको सत्रमा ओलीले बालिकालाई छोएर गाडी गएको तर एमालेको अशिवेशनलाई प्रभाव पार्ने उदेश्यले विरोध भएको भन्दै आपत्ति जनाएका थिए। प्रहरीले गाडि नियन्त्रणमा लिए पनि चालक नियन्त्रणमा लिएको छैन।
भदौ २१, २०८२ शनिबार १६:५७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।