वेब ब्राउजरबाट खुल्न छाड्यो युट्युब

वेब ब्राउजरबाट खुल्न छाड्यो युट्युब

काठमाडौं : नेपालमा सूचीकृत नभएको बहानामा २६ वटा सामाजिक सन्जाल नेपालमा बन्द गर्ने सरकारको निर्णय अनुसार शनिवारबाट युट्युब पनि बन्द भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायकहरूले शनिवारबाट वेब ब्राउजरमा युट्युब नचल्ने बनाएका हुन्।

शनिवारसम्म युट्युबको एपमा भने खुलिरहे पनि त्यो समेत बन्द गराउने तयारी अगाडि बढेको छ। पछिल्लो समय युट्युब भिडियो सामग्रीको सबैभन्दा प्रभावशाली माध्यम बनेको छ। यो व्यवसायदेखि शिक्षासम्ममा उपयोग हुने गरेको छ।

भदौ २१, २०८२ शनिबार १६:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।