चट्याङ लागेर प्रजाको मृत्यु

बागमती : चट्याङ लागेर हेटाैंडा उपमहानगरपालिका-१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर हेटौंडा उपमहानगरपालिका-१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो।
स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो।
शव परीक्षणका लागि हेटौंडा अस्पताल पुर्याइएको छ।
भदौ २१, २०८२ शनिबार १२:५३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।