पहाडी भेगमा मध्यम वर्षाको सम्भावना

पहाडी भेगमा मध्यम वर्षाको सम्भावना

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

भदौ २१, २०८२ शनिबार ०७:१९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।