राज्य व्यवस्थामा ‘अयोग्य’ रामहरि सुनुवाइ समितिको सभापति

राज्य व्यवस्थामा ‘अयोग्य’ रामहरि सुनुवाइ समितिको सभापति

काठमाडौं : निजामती विधेयकमा कुलिङ अफ पिरियडको प्रावधानमाथि भएको चलखेलमा छानबिन समितिले नैतिक रूपमा जिम्मेवार देखाएपछि राजीनामा दिएका कांग्रेस सांसद रामहरि खतिवडा  संसदीय सुनुवाइ समिति (संयुक्त)को  सभापति बनेका छन्।

कुलिङ अफ पिरियडबारे निजामती विधेयकमा राखिएको प्रावधान खण्डित हुनेगरी अर्को दफा राखेको खुलेसँगै यसबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको थियो। समितिले राजनीतिक रूपमा खतिवडासमेत जिम्मेवार रहेको निष्कर्ष निकालेपछि उनले साउन २७ मा समिति सभापतिबाट राजीनामा दिएका थिए।

समिति सभापति रहेकी कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले भदौ १० मा राजीनामा दिएपछि सभापति पद रिक्त थियो। खतिवडाको राजीनामापछि राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा कांग्रेसकै ईश्वरीदेवी न्यौपाने चयन भएकी थिइन्।

शुक्रवार बसेको समिति बैठकमा कांग्रेस र एमालेको समर्थनमा खतिवडाको एकल उम्मेदवारी परेको थियो। समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो।

भदौ २०, २०८२ शुक्रबार २०:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।