वर्षापछि सधैं जलमग्न हुन्छ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, ढल निकास व्यवस्थापनमा बेवास्ता

दाङ : वर्षापछि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर सधैं जलमग्न बन्छ। ढल निकासको उचित व्यवस्था नहुँदा परिसरभर पानी जम्दा उपचारका लागि आएका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीले ठूलो सास्ती भोग्नुपरेको हो।
शुक्रबार पनि अस्पताल परिसरमा पानी जम्दा आवतजावतमा समस्या भयो। बिरामीलाई आपतकालीन सेवामा लैजाने एम्बुलेन्स चलाउनसमेत कठिनाइ भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
स्थानीयवासीका अनुसार प्रत्येक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिँद आएको छ। निकास व्यवस्थापनमा बेवास्ता हुँदा अस्पताल आउने-जाने सर्वसाधारण, बिरामी तथा सेवाग्राहीलाई असुविधा हुने गरेको उनीहरूको गुनासो छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेश नं. ५ र आसपासका जिल्लाका बिरामीहरूको भीड लाग्ने गर्छ।
भदौ २०, २०८२ शुक्रबार १८:२५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।