कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

ललितपुर : नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स निर्माता लेमिनार टायल्सले ललितपुरमा डिलर शोरूम सञ्चालनमा ल्याएको छ। कानदेउतास्थित कुपण्डोलमा रहेको सेरामिक सन्सार प्रा. लि. लाई आधिकारिक डिलरको रूपमा मान्यता दिँदै शोरूम उद्घाटन गरिएको हो।
शुक्रबार आयोजित औपचारिक समारोहमा सेरामिक सन्सारका संचालक कृष्ण कोइराला र टेकबहादुर टमाटाले लेमिनार टायल्सका निर्देशक आशुतोष खेतानसँग संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे।
निर्देशक आशुतोष खेतानले उद्घाटन समारोहमा जानकारी दिँदै भने, ‘लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ भएकोले यसको लोड बेयरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अन्य टायल्सभन्दा बढी छ। हामी देशभर १०० भन्दा बढी विशेष शोरूम स्थापना गर्ने लक्ष्यसाथ अघि बढिरहेका छौँ।’
मिनार टायल्सको उत्पादन बर्दियाको गुलरिया स्थित १२.५ बिगाहा क्षेत्रफलमा रहेको अत्याधुनिक युरोपेली प्रविधि केन्द्रबाट भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ।
भदौ २०, २०८२ शुक्रबार १७:२५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।