सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं : पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। बिहीबार २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।

भदौ २०, २०८२ शुक्रबार १२:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।