वीपी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

वीपी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित वीपी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा बिहीबार मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, मोटरसाइकलको पछाडि सवार भारत मोतिहारी घर भई हाल काठमाडौंमा बस्दै आएका १८ वर्षीय सागर आलमको काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो।

गत मंगलबार बर्दिबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काभ्रेका १८ वर्षीय सौगात माझीको सोही दिन सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

भदौ २०, २०८२ शुक्रबार ०९:२१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।