मर्सिडिज र जिम्नीको झल्को दिने एमजीको नयाँ इलेक्ट्रिक एसयुभी ‘साइबर एक्स’ आउँदै

काठमाडौं : एमजी मोटरले आगामी दुई वर्षभित्र आफ्नो नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी ‘साइबर एक्स’ विश्व बजारमा ल्याउने तयारी गरेको छ।
परिवारका लागि उपयुक्त, बक्सी डिजाइन र किफायती मूल्यमा आउने यो एसयुभीले विश्वव्यापी ध्यान तानेको छ।
सांघाई अटो शोमा कन्सेप्टको रूपमा पहिलो पटक प्रस्तुत गरिएको साइबर एक्सको डिजाइन प्रिमियम एसयुभी मर्सिडिज ईक्यूबीबाट प्रेरित देखिन्छ।
एमजीका एक अधिकारीले यसलाई ‘सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी’ को संज्ञा दिएका छन्, जसले यसको शहरी तथा हल्का अफ-रोड क्षमतालाई सङ्केत गर्छ।
यसमा पाँच-ढोकाको लेआउटसहितको एङ्गुलर र बक्सी डिजाइन हुनेछ। भित्री डिजाइन आधुनिक र सरल रहनेछ, जसमा ठूलो सेन्ट्रल टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश हुनेछ।
साइबर एक्समा एमजीको पछिल्लो प्रविधि, जसमा सेमी-सोलिड-स्टेट ब्याट्री पनि समावेश छ। एक पटकको फुल चार्जमा यसले करिब ४८२ किलोमिटरसम्मको रेन्ज दिने यो गाडी सिंगल-मोटर (फ्रन्ट-व्हील-ड्राइभ) र डुअल-मोटर (अल-व्हील-ड्राइभ) दुवै विकल्पमा उपलब्ध हुनेछ।
विश्वव्यापी बजारमा यसको सुरुवाती मूल्य ३० हजार पाउन्ड (करिब ५७ लाख नेपाली रुपैयाँ) भन्दा कम हुने अनुमान गरिएको छ।
यो गाडी विशेषगरी सानो, आधुनिक र व्यावहारिक इलेक्ट्रिक एसयुभी खोज्ने ग्राहकहरूप्रति लक्षित हुने कम्पनीले जनाएको छ।
भदौ २०, २०८२ शुक्रबार ०९:०८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।