स्काइवर्थको दशैं-तिहार अफर : ४० प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार

स्काइवर्थको दशैं-तिहार अफर : ४० प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं : स्काइवर्थले आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ।

‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ नारासहितको यो योजनामा ग्राहकले ४० प्रतिशतसम्म क्यासब्याकका साथै आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

नेपालका लागि आधिकारिक वितरक स्मार्ट एप्लायन्सेसका अनुसार, यो अफर स्काइवर्थका स्मार्ट टिभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर र चेस्ट फ्रिजरजस्ता सबै घरेलु उपकरणहरूको खरिदमा लागू हुनेछ।

‘चाडपर्वको खुसीलाई अझ बढाउन हामीले यो विशेष योजना ल्याएका हौं,’ कम्पनीका वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठीले भने, ‘४० प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहारले ग्राहकहरूमा पक्कै खुसी थप्नेछ भन्ने हाम्रो विश्वास छ।’

यो योजना भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म नेपालभरका स्काइवर्थ शोरुम तथा आधिकारिक बिक्री केन्द्रहरूमा लागू हुनेछ।

भदौ २०, २०८२ शुक्रबार ०८:४३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।