महालक्ष्मी विकास बैंकको नयाँ योजना, क्रेडिट कार्डमार्फत किस्ताबन्दीमा टुर प्याकेज

महालक्ष्मी विकास बैंकको नयाँ योजना, क्रेडिट कार्डमार्फत किस्ताबन्दीमा टुर प्याकेज

काठमाडौं : महालक्ष्मी विकास बैंकले चाडपर्व लक्षित गर्दै आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि सुलभ किस्ताबन्दीमा भ्रमण प्याकेजहरू खरिद गर्न सकिने आकर्षक योजना सार्वजनिक गरेको छ।

ग्राहकलाई सहज र सुरक्षित बैंकिङ्ग सुविधा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकले जनाएको छ।

यस योजनाअन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरूसँग सहकार्य गरेको छ। प्रारम्भिक चरणमा ग्राहकहरूले दरबारमार्गस्थित ‘गुरु ट्राभल्स’ र उत्तरढोकास्थित ‘रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्स’ मार्फत यो सुविधा लिन सक्नेछन्।

बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले यी एजेन्सीहरूबाट टुर प्याकेज खरिद गरी त्यसको बिल बैंकमा पेस गरेपछि खरिद रकमलाई सुलभ मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्।

भुक्तानी अवधि ६ देखि १२ महिनासम्म लचिलो हुनेछ भने यसरी किस्ताबन्दीमा परिणत गर्दा बैंकले कुनै पनि अतिरिक्त ‘ईएमआई प्रोसेसिङ’ शुल्क नलिने जनाएको छ।

यो सुविधाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै चाडपर्वको समयमा ग्राहकहरूको यात्रालाई थप उत्साहपूर्ण र अर्थपूर्ण बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै आफ्नो मोबाइल बैंकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा पनि थप गरेको थियो। बैंकले देशभरका १०३ शाखामार्फत करिब ८ लाख ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।

भदौ २०, २०८२ शुक्रबार ०८:३६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।