३० करोडको लगानीमा ठमेलमा खुल्यो विश्वस्तरीय नाइट क्लब

३० करोडको लगानीमा ठमेलमा खुल्यो विश्वस्तरीय नाइट क्लब

काठमाडौं : राजधानी काठमाडौँमा भव्य समारोहसहित XO Club को सुरुवात गरिएको छ। करिब ३० करोड रुपैयाँको ठुलो लगानीमा बनेको यस क्लबले नेपाली नाइट लाइफलाई नयाँ आयाम दिने दाबी गरिएको छ।

आधिकारिक उद्घाटनअघि नै आफ्टर आवोर्ससँग सहकार्यमा गरिएको ‘अन्डर–कन्स्ट्रक्सन पार्टी’ मार्फत क्लबले राजधानीलाई पहिलोपटक विश्वस्तरीय माहोलको झलक दिएको थियो।

नेपालमै पहिलो पटक यो क्लबमा विश्वप्रसिद्ध स्पिकर जडान गरिएको दाबी गरिएको छ। जसलाई विश्वका ठुला क्लब र फेस्टिभलहरूले प्रयोग गर्दै आएका छन्। यी स्पिकरलाई ट्युन गर्न क्यानडाबाट ध्वनि विशेषज्ञ कार्लोस सालाबेरी स्वयं नेपाल आएका थिए। क्लबमा अत्याधुनिक साउण्डप्रुफिङ, आकर्षक लाइटिङ र आधुनिक प्रविधिको प्रयोग गरेर संगीतप्रेमीलाई पूर्णरूपमा डुबाउने अनुभव दिनेगरी सजावट गरिएको छ।

यसमा प्रोजेक्ट स्टुडियो प्रोडक्सनका संस्थापक तथा ख्यातिप्राप्त अडियो इन्जिनियर विनय अमात्य सक्रिय रूपमा संलग्न छन्। १०० भन्दा बढी जनशक्तिको टोलीले अन्तर्राष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको क्लब व्यवस्थापनले जनाएको छ।

उद्घाटनसँगै काठमाडौंको नाइट लाइफ अब नयाँ आकार, ध्वनि र अनुभवको युगमा प्रवेश गरेको भन्दै आयोजकहरूले यसलाई देशकै मनोरञ्जन क्षेत्रमा एक नयाँ माइलस्टोनको रूपमा लिएको बताएका छन्।

भदौ १९, २०८२ बिहीबार २१:४५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।