सरकारले तोकेका २६ वटा सामाजिक सञ्जाललाई एनसेलबाट नचल्ने, वाइफाइबाट भने भोलिसम्म चल्ने

काठमाडौं : एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ। कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ।
यता नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायकले पूर्ण कार्यान्वयन भोलिसम्म मात्र हुने बताएका छन्।
यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को भदौ ५ गतेको निर्णय, ९ भदौ बिहीबार बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय र सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका–२०८० लाई आधार मान्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न आईएसपानलाई निर्देशन दिएको थियो।
सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको छ ।
भदौ १९, २०८२ बिहीबार १९:५६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।