नेप्से परिसूचक घटेको घट्यै, कारोबार रकममा भने सुधार

काठमाडौं : यसअघि लगातार दुईदिन घटेको नेप्से आज तेस्रो दिनपनि घटेर बन्द भएको छ।
बुधबार १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको नेप्से आज बिहीबार पनि ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको छ।
यसअघि मंगलबार मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो। यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ।
बुधबार कुल ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ।
आज सेन्सेटिभ इन्डेक्स १.११ अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.४७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अंक घटेको छ। यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९८ प्रतिशतले बढेर ३५५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
विन्ध्यवासीनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६.०७ प्रतिशतले बढेर ५८५.५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। माथिल्लो मैलुङखोला जलविद्युतको शेयर मूल्य प्रतिकित्ता ६.०५ प्रतिशतले बढेर ५९५.३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता ५.०९ प्रतिशतले बढेर ३७६०.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन बाराहि हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेर प्रतिकित्ता ७२०.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। पिपुल्स पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.४५ प्रतिशतले घटेर प्रतिकित्ता २९६.०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। दिव्यस्वरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.४५ प्रतिशतले घटेर २९३.४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन युनियन हाइड्रोपावर लिमिटेड, विन्ध्यवासीनी हाइड्रो, नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टीलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
भदौ १९, २०८२ बिहीबार १६:१३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।