एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : एनएमबि बैंकका कर्मचारी, परिवार र ग्राहकले अब बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि. मा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन्।

यस सम्बन्धी सम्झौतामा एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र बुटवल हस्पिटल प्रा.लि. का अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका कर्मचारी, परिवार तथा ग्राहकले बेड चार्ज, ल्याब टेस्ट, अपरेशन शुल्क, युएसजी, ईसीजी, ईको, एक्स-रे, फिजियोथेरापी तथा औषधि सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ। यसका लागि बैंकको एटिएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आइपिएस तथा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ। बैंकले यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा राहत मिल्ने विश्वास व्यक्त गरेको छ।

भदौ १९, २०८२ बिहीबार १६:०७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।