महिला उद्यमी महासंघ नेपालका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको विशेष छुट

महिला उद्यमी महासंघ नेपालका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको विशेष छुट

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले महिला उद्यमी महासंघ नेपालसँग व्यावसायिक सहकार्य गर्दै महासंघका सदस्यलाई विशेष छुटसहितका बैंकिङ सेवा उपलब्ध गराउने भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार महिला उद्यमी महासंघका सदस्यलाई महिलाद्वारा सञ्चालित उद्यम तथा नयाँ उद्यम सुरु गर्न चाहने महिलालाई विशेष प्राथमिकताका साथ कर्जा सुविधा, छुटसहितको वित्तीय सेवा र वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम उपलब्ध गराइनेछ।

नेपालभरका बैंकका २७५ शाखामार्फत यस योजना कार्यान्वयन हुने र यसबाट महिला उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।

यस सहकार्यले महासंघका सदस्य प्रत्यक्ष लाभान्वित हुने र महिलालाई उद्यम क्षेत्रमा थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।

भदौ १९, २०८२ बिहीबार १५:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।